बिवादित एमसीसीको पक्षमा विज्ञापन प्रशारण गरेको भन्दै अधिवक्ता एवम् अभियन्ता स्वागत नेपालको पार्टीले एपीवान टेलिभिजनविरुद्द प्रेस काउन्सिलमा उजुरी दर्ता गराएको छ।
नेपालको नेतृत्वमा रहेको उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले मगंलबार प्रेस काउसिन्सल पुगेर उजुरी दर्ता गराएको हो। उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानको दवावका कारण नै एपीवान टेलीभिजनले सोमबारदेखी एमसिसिको विज्ञापन प्रशारण गर्न बन्द गरेको थियो।
एपीवान टेलीभिजनले पैसाका लागि राष्ट्रघाती विज्ञापन प्रशारण गरेको उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानको ठहर छ।