उन्नत लोकतन्त्र पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौं नक्सालस्थित होटेल मेरियटबाट पक्राउ गरेको छ।
होटल मेरियटमा एमसिसिबारे प्रगती अवलोकन गर्न नेपाल आएकी एमसिसिकी उपाध्यक्ष फातिमा सुमार बसेकी छन्। एमसिसिको बिरोध गर्दै सोही होटलमा कोठा लिएर बसेका उन्नत लोकतन्त्र पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पार्टीका अध्यक्ष स्वागत नेपालले भने, ‘पार्टीका स्वाधीनता सेनानीहरुलाई मध्यरातमा कुटपिट सहित पक्राउ पत्रकारमाथि पनि कुटपिट र क्यामेरा तोडफोड
होटेल मेरियट भित्रबाट अहिले भर्खरै प्रवेश गरेर हामीले बुक गरेको रुमबाटै हाम्रा स्वाधीनता सेनानीहरुलाई प्रहरीले पक्राउ गरेको छ।’
उनले एमसीसी उपाध्यक्ष सुमारलाई अमेरिकी राष्ट्रपति जो वाइडेनका लागि दिन खोजिएको विरोध पत्र नदिन भन्दै प्रहरीले बल प्रयोग गरेर पक्राउ गरेको जानकारी दिए।
पक्राउ पर्नुहुनेहरुमा उन्नत लोकतन्त्र पार्टी महासचिव कृष्ण प्रसाई, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, इन्द्र कालिकोटे, रोशा नेपाल, संगीता सारथी घिमिरे, किरण सुनुवार, नरेन्द्र साह, राम मणि नेपाल, सिन्धुपाल्चोक जिल्ला संयोजक नील लामा, रोल्पा जिल्ला सदस्य चन्द्र सन्यासी, श्रीकृष्ण फुयाल, काठमाडौं जिल्ला संयोजक मनोज फुयाल लगायत रहेका छन्।
पार्टी अध्यक्ष नेपालका अनुसार सो क्रममा समाचार संकलन गर्न उपस्थित करिब एकदर्जन पत्रकारहरुमाथि समेत प्रहरीले प्रहार गरेको थियो। सो क्रममा एभिन्युज टेलिभिजनको क्यामेरा समेत फुटेको बताइएको छ।
‘बिना कुनै होहल्ला शान्त रुपमा बसेर आफ्नो आफ्नो फेसबुकबाट आफूहरु शान्तिपूर्ण रुपमा विरोध पत्र बुझाउ सो होटेलमा रही व्यवस्थापनसँग फतिमासम्म पुग्न अनुरोध गर्दा पक्राउ गरिएकोमा हामी गम्भीर खेद व्यक्त गर्छौं,’ अध्यक्ष नेपालले भने, ‘पक्राउ पर्नु भएका सम्पूर्ण साथीहरुलाई तत्काल रिहा गर्न समेत माग गर्दै अन्यथा गम्भीर क्षति व्यहोर्नु पर्ने समेत जानकारी गराउँछौं।’
164394