सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको अदालतको फूलकोर्टले उक्त निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा थिएनन् ।
बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुल कोर्ट बसेर त्यसले तोकेपछि गोलाप्रथा लागू हुनेछ ।
यो लागूपछि अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूले गोला प्रथाबाट मुद्दा हेर्ने तर प्रधानन्यायाधीश जबरासँग इजलास सेयर नगर्ने निर्णय पनि गरेका छन् ।