नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्र आइतबार साँझ ७ बजेबाट सरू हुने भएको छ ।
बिहान १० बजे बस्ने भनिएको बन्दसत्र सर्वसम्मत नेतृत्व चयनमा सकस हुँदा साँझ ७ बजेबाट सुरू हुने भएको हो । ७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका नेता गोकुल बास्कोटाले खाना खाइसकेपछि साँझ ७ बजेदेखि बन्दसत्र सुरू हुने र केहीबेरमा सकिने बताए ।
पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको र ओलीले घोषणा गर्ने उनले बताए ।
नेकपा एमालेको चार नेताले अध्यक्ष ओलीलाई नयाँ पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची बुझाइसकेका छन् ।
सौराहमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रले शनिबार भीम रावल र घनश्याम भुसाललगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।