नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सभापतिका लागि दोस्रो चरणको मतदान हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा देउवाले आफूलाई सघाउन आग्रह गरेका थिए । तर, कोइरालाले भने आफू कसैको पक्ष÷विपक्षमा नलाग्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।
अहिले कांग्रेस सभापति चयनका लागि दोस्रो चरणमा मतदान जारी छ ।