नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादित गाउँपालिका अध्यक्ष जालिम मियालाई एमालेमा प्रवेश गराएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित जगरनाथपुर गाउँपालिकाका अध्यक्ष मियालाई बिहीबार ओलीले एमालेमा प्रवेश गराएका हुन् ।
मिया विवादित गाउँपालिका अध्यक्षका रुपमा चिनिन्छन् । मियासंगै सयौंको संख्यामा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको दाबी एमालेले गरेको छ ।
विरगञ्जका हिंदुवादी नेता काशी तिवारीको हत्या मुद्दामा आरोपित रहेका मियामाथी कोरोना माहामारीको शुरुवातमा भारतमा कोरोना फैलाउन उद्दत रहेको ‘तगलिफी जमात’ नामक कट्टर मुस्लिम संगठनका भारतीय मौलानाहरुलाई आफ्नै घरमा आश्रय दिएको आरोप छ ।
उक्त मुद्दामा भारतीय गुप्तचरहरुको खोजतलाशमा समेत रहेका मिया केहिदिन फरार भएका थिए । भारतीय सञ्चारमाध्यममा व्यापक खबर प्रशारण भएपछि उनले सफाई दिएका थिए ।
मियामाथि केही महिना अगाडि मात्रै उनका कान्छो छोरोको सालीको रहस्यम हत्या भएको कुराको निगरानी समेत छ ।
दिदीको घरमा बस्दैआएकी मियाको कान्छो छोरोको सालीको रहस्यम मृत्यु भएपछि उनको सव लुकाई–छिपाई दाहसंस्कार गर्ने क्रममा पर्सा प्रहरीले विरगञ्जबाट पक्राउ गरेको थियो । हत्या गरेको आशंकामा पक्राउ गरिएको शवको बारेमा हालसम्म अनुसन्धान जारी छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा (एमाले) ले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्वास दाबी गरे ।