नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै एक व्यक्ति, वंशको तानाशाही शासन स्वीकार्य नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका ८औं महाधिवेशको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुँदैन । कुनै एक व्यक्ति, वंशको तानाशाही शासन स्वीकार्य छैन । सबै खाले तानाशाही प्रवृतिविरुद्ध लडेर लोकतन्त्रणको झण्डा बुलन्द पार्न सक्छौं ।’
उनले देशमा संविधानको पालना भएन भए भद्रगोल अवस्था हुने बताए । सार्थ, पार्टीमा पनि विधि, विधानको पालना हुनुपर्नेमा नेपालले जोड दिए ।
भ्रष्टाचारका कारण दल र नेतापूति अझै वितृष्णा रहेको भन्दै नेपालले त्यसलाई निमिट्यान्न पार्नुपर्ने बताए ।
उनले बामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताए ।