नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार चयन गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभाका ६ उम्मेदवार चयन गरेको हो ।
बैठकले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो ।