नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंग्याएको छ ।
एमाले सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो ।
यी हुन् राष्ट्रियसभा उम्मेदवारः
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)
बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)
यसअघि कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि ६ उम्मेदवार चयन गरिसकेको छ ।
सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने सहमति गरेको थियो ।
जसअनुसार जसपाबाट महाजन यादव तथा नवराज शुवेदीले टिकट पाउने बताइएको छ ।