कांग्रेस नेता चन्द्र भण्डारीले नारायणहिटी दरबार संग्राहलय प्रकरणमा मुछिएको बतास समूहको सारथी किन बनेको चन्दै नेकपा एमालेलाई प्रश्न गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले एमालेलाई सो प्रश्न गरेका हुन् ।
उनले भनेका छन्,‘देश बनाउने अवसर जनताले दिदाँ,इतिहास रच्ने मौंका हातमा आउँदा, किन बतासको सारथी बनेको ?’
पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी क्षेत्रमा बतास समूहले रेस्टुरेन्ट बनाउन लागेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भइरहको छ ।
बतास समूहकोे बि म्यानेजमेन्ट प्रालिकम्पनीसँग मासिक अढाइ लाख रुपैयाँ लिने गरी तत्कालीन नेकपा तथा हाल एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार हुँदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउने सम्झौता भएको थियो ।