चिकित्सा शिक्षा आयोगविरुद्ध चीनमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुको आन्दोलन जारी राखेका छन् ।
यसअघि आयोगको कार्यालयमा तालाबन्दी गरेका विद्यार्थीहरुले आफुहरुका माग सुनुवाई नगरेको भन्दै आन्दोलन जारी राखेका हुन् ।
आज पनि विद्यार्थीहरूले आयोगमा धर्ना दिइरहेका छन् । कोरोना महामारी र पानीको प्रवाह नगरी उनीहरूले आयोगमा धर्ना दिइरहेका छन् । उनीहरूले ३ दिनदेखि आयोगमा छिर्न दिइएको छैन ।
उनीहरूले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई भेटेर माग सम्बोधन गर्न ध्यानाकर्षण गराउन खोजे पनि गेटमा प्रहरी लगाएर अवरोध गरिएको छ ।
उनीहरुले आफुहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै उपाध्यक्ष श्रीकृष्ण गिरीको राजीनामा समेत माग गर्दै आएका छन् ।
पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नशीप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । तर, उक्त निर्ण कार्यान्वयन गर्न आयोगले चासो लिएको छैन ।
इन्टर्नशीप व्यवस्थापन नभएसम्मका लागि आन्दोलन जारी राख्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् ।