नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि प्रचण्ड पत्नी सीताको विगत चीन दिनदेखि मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनमा निमोनियासमेत देखिएको छ ।
उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।चिकित्सकका अनुसार उनलाई केहीदिन अस्पताल मै राखेर उपचार गर्नुपर्नेछ ।
उनी जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित छन् ।
प्रचण्ड भने संक्रमण मुक्त भइसकेको छन् ।