८ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् ।
आइतबार ८ विद्यार्थी संगठनले विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको आरोप लगाउँदै काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका हुन् ।
काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गर्नेमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले रहेका छन् ।
अतिरक्त शुल्कको विरोधमा मंसिर १९ गतेदेखि विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौं मेडिकल कलेजकाडा. सुनिल शर्मालाई कालोमोसो दलेको थियो ।