माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी स्विकार गर्न नसकिने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले यथास्थितिमा एमसीसी सम्झौता स्विकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नसकिनेमा पार्टी दृढ रहेको बताएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाइएको भनी सार्वजनिक पत्रका कारणबाट पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न अनुरोध गरेका छन् ।