प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार आएका हुन् ।
गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेका थिए । सोही दिन नै ओलीले तामझामसहित बालुवाटार छाडेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ । सो छलफलका लागि ओली बालुवाटार पुगेका हुन् ।