नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् ।
प्रचण्डले ओलीलाई बिहीबार राति फोन गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीबारे आलीसँग कुराकानी गरेका थिए । प्रचण्डले एमसीसीबारे निर्णय लिन आग्रह गर्दा ओलीले एमसीसीबारे सत्ता गठनबन्धनले पहिलो निर्णय लिनुपर्ने जवाफ दिए ।
प्रचण्डले ओलीलाई भनेका फोनमा भनेका थिए, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’
तर, जवाफमा ओलीले ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा एमाले त निर्णय गरिहाल्छ ।’
पछिल्लो समय अमेरिकाले एमसीसी छिटो पास गर्न नेतालाई दबाब दिएसँग नेपाली राजनीति तरंगित भएको छ ।
बिहीबार मात्रै अमेरिकी सहायकमन्त्री लुले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पालैपालो फोन गरेर एमसीसी छिटो पास गर्न भन्दै चेतावनी दिएका थिए ।
यसअघि एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड–ओलीले बालुवाटारमा छलफल गरेका थिए ।
सत्तारुढ दल कांग्रेस एमसीसी सिँधै पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी, नेकपा एस, जनमोर्चा संशोधनबिना पास गर्न नहुने पक्षमा छन् । जसपा एमसीसीबारे विभाजित छ ।
साथै, यसअघि प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न निकै जोडबल लगाएका एमाले अध्यक्ष ओली अहिले तटस्थ बसेका छन् । उनीे सत्ता गठनबन्धनको धारण आएपछि मात्रै एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्ने बताइरहेका छन् ।