युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको युक्रेनी राष्ट्रपतिले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा बोल्दै सम्बन्ध तोडिएको घोषणा गरेका हुन् ।
फरक प्रसङ्गमा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताएका छन् ।
प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रुसले सैन्य अतिक्रमण गरेपछि युक्रेनले आफ्ना अवकाश प्राप्त सैनिकहरूलाई हतियार दिने भएको छ।
युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ ।
युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ ।