प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । बैठकमा एमसीसीबारे छलफल भइरहेको छ ।
बैठकमा एमालेले अवरोध कायमै राखेको छ । एमालेको अवरोधकाबीच सभामुख अग्निपैसाद सापकोटाले बैठक अगाडि बढाएका छन् ।
यसअघि आतइबार नै नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरिसकेका छन् ।
सत्ता गठबन्धनको बैठकले एमसीसी आजै पास गर्ने निर्णय गरेको छ ।
आज दोस्रो पटक बैठक बोलाएर एमसीसी पास गर्ने सरकारको तयारी छ ।