नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको पार्टी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
यसअघि व्याख्यात्मक विश्लेषणसहित एमसीसी पारित गर्ने माओवादी केन्द्रले निर्णय गरेको थियो ।
त्यसपछि बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी आजै पास गर्ने निर्णय गरेको थियो ।
आज दिउँसो १ बजे बोलाइएको बैठक अहिलेसम्म बसेको छैन । आज बस्ने बैठकबाट एमसीसी पास गर्ने तयारी छ ।