जेठ १ गतेदेखि विद्यालय र क्याम्पसमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो । साथै, सरकारी कार्यालय बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म खुल्ने निर्णय भएको छ ।
हप्तामा दुई दिन बिदा दिने निर्णय विद्यालय र क्याम्पसमा पनि लागू हुने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार जेठ १ गतेदेखि विद्यालय र क्याम्पस सोमबारदेखि शुक्रवारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ४ बजेसम्म सञ्चालन हुनेछन् ।
विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा कटौती गरिने र मन्त्रालयले थप कार्ययोजना पनि बनाउने उनले बताए ।