एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
बरियता मिच्दै सरकारले तेस्रो नम्बरमा धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको भन्दै उनले सोमबार अदालतमा रिट दर्ता गरेका हुन् ।
वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले अन्तरिम आदेश माग गरेका छन् । सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न रिटमा माग गरिएको छ ।
उक्त रिटको बुधबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
आईजीपी नियुक्तिमा असन्तुष्ट अर्का एआइजी सहकुल थापा पनि अदालत जाने कि नजाने भनेर कानुनी परामर्शमा जुटेका छन् ।
नेपाल प्रहरीको आईजीपी नियुक्त निर्णय किन विवादित बन्यो ? पढ्नुस् यो समाचार