नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई महासचिवबाट र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताबाट हटाउँदै पार्टीबाटै निष्कासन गरेका छन् ।
चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले विप्लवलाई महासचिव र प्रकाण्डलाई प्रवक्ताबाट हटाउँदै पार्टीबाटै निष्कासन गरेको हो ।
साथै, भेलाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाएको छ । उक्त भेला तीन दिनसम्म चल्नेछ ।
स्थानीय चुनावमा सहभागी हुने वा नहुने विषयमा नेपाल कम्युनिष्ट पार्टीमा विवाद सिर्जना भएको थियो ।
यसअघि विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।