काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ।
मतगणना हुन बाँकी भन्दा उनीहरुको अन्य उम्मेदवार भन्दा अग्रता बढी छ। अब करिब १५ हजार भन्दा कम मत मात्रै गणना गर्न बाँकी छ। बिहीबार बिहानसम्म अन्तिम मतपरिणाम आउनेछ।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह (स्वतन्त्र) – ५७३३६
सिर्जना सिंह (कांग्रेस) – ३६६६५
केशव स्थापित (एमाले) – २५७२७