पोखरा। सम्पर्कबिहिन भएको तारा एयरको जहाजमा २२ जना सवार रहेको पुष्टि भएको छ।
जसमा १३ नेपाली, ४ भारतीय र २ जना जर्मनी नागरिक, चालक दलमा ३ सदस्य रहेको बताइएको छ।
उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।
तारा एयरको जहाजमा सवार यात्रु
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कबिहिन भएको छ।
जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो। यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ। तर, हालसम्म जहाज सम्पर्कमा आउन नसकेको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए।
सम्पर्कविहिन भएको उक्त जहाजको खोजी कार्य तिव्र पारिएको सुरक्षा निकायले जनाएका छन्। हेलिकोप्टर पनि पठाइएको छ।