पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको आशङ्का गरिएको छ।
लेतेका स्थानीयवासीहरुले पहाडमा जहाज ठोकिएको हुनसक्ने आशङ्का गरेका छन्। ‘ठूलो आवाज आएको स्थानीयवासीहरुले बताएका छन्’, म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भने, ‘आवाज आएको स्थानसम्म पुग्न लेतेबाट करिब १० घण्टा लाग्छ ।’
मुस्ताङबाट प्रहरी टोली दुर्घटना भएको स्थानमा हिँडेको छ। टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएको प्रही नायब उपरीक्षक भारतीले बताए।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। जसमा १३ नेपाली, ४ भारतीय, २ जना जर्मनी नागरिक र चालक दलमा ३ सदस्य गरी २२ जना सवार थिए।
विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः
१. इन्द्रबहादुर गोले
२. पुरुषेत्तम गोले
३. राजनकुमार गोले
४. वसन्त लामा
५. गणेशनारायण श्रेष्ठ
६. रवीना श्रेष्ठ
७. रस्मी श्रेष्ठ
८. रोजिना श्रेष्ठ
९. प्रकाश सुनुवार
१०. मकरबहादुर तामाङ
११. राममाया तामाङ
१२. सुकुमाया तामाङ
१३. तुल्सादेवी तामाङ
१४. अशोककुमार त्रिपाठी
१५. धनुष त्रिपाठी
१६. ऋतिका त्रिपाठी
१७. युवी विल्नर
१८. वैभवी बाण्डेकर
१९. मिक ग्र्याट
चालकदलका सदस्य:
१. क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२. सहायक पाइलट उत्सव पोख्रेल
३ . विमान परिचारिका क्रिस्मी थापा
विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेकोजहाज केही समयपछि सम्पर्कबिहीन भएको थियो।