नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा शैक्षिक परामर्श व्यवसायी नविकरण सम्बन्धी सुचनामुलक कार्यक्रम भइरहेको छ।
अहिले बिहान ११ बजेदेखी अनलाईनमार्फत सदस्य संस्थाहरुलाई नविकरणको प्रकृयालगायतको बिषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो। आफ्ना सदस्य संस्थाहरुको लागि इक्यानले यस कार्यक्रमको आयोजना गरेको हो।
शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख (उपसचिव) सेमन्तराज कोईरालाले उपस्थितीका कार्यक्रमको आयोजना गरिएको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।
लामो समयदेखी रोकीएको शैक्षिक परामर्श व्यवसाय एवम् भाषा शिक्षण संस्थाहरुको नविकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले आह्वान गरेपछी व्यवसायीहरु नविकरणको प्रकृयामा छन्।
यो पनि पढ्नुहोस : यस्तो छ कन्सलटेन्सी नविकरणको पुरा प्रकृया