साउथ कोरियन टेक कम्पनी सामसङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एम (Galaxy M) सिरिज अन्तर्गतकाे नयाँ स्मार्टफोनहरु लन्च गरेको छ । कम्पनीले ग्यालेक्सी एम इलाभेन (Galaxy M11) र ग्यालेक्सी एम जिराे वान (Galaxy M01) नाम दिइएकाे दुई नयाँ स्मार्टफोनहरु मंगलबार भारतमा लन्च गरेको हो ।
डिस्प्ले र पर्फमेन्स
ग्यालेक्सी एम ११ मा १५६०× ७२० पिक्सेल रिजोलुशन भएको ६.४ इन्चको एचडी प्लस (HD+) इनफिनिटी-ओ (Infinty O) डिस्प्ले राखिएको छ । फाेनकाे स्पीड तथा मल्टीटास्किङकाे लागि क्वालकम स्न्यापड्रागन ४५० (Qualcomm Snapdragon 450) अक्टा काेर (octa-core) प्रोसेसर चीपसेट दिईएको छ ।
त्यसै गरि ग्यालेक्सी एम ०१ मा पनि १५६०× ७२० पिक्सेल रिजोलुशन भएको ५.७१ इन्चको एचडी प्लस (HD+) डिस्प्ले राखिएको छ ।यस फाेनकाे स्पीड तथा मल्टीटास्किङकाे लागि भने क्वालकम स्न्यापड्रागन ४३९ (Qualcomm Snapdragon 439) अक्टा काेर (octa-core) प्रोसेसर चीपसेट दिईएको छ ।
यी दुबै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिङ सिस्टममा आधारित छन् ।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि ग्यालेक्सी एम ११ मा तीन रियर क्यामरा सेटअप रहेकाे छ । जसमध्ये १३ मेगापिक्सेलको प्राइमरी क्यामरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामरा, र २ मेगापिक्सेलको डेप्थ लेन्स रहेकाे छ । सेल्फीकाे लागि यसकाे फ्रन्टमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।
त्यस्तै ग्यालेक्सी एम ०१ मा भने दुई रियर क्यामरा मात्र रहेकाे छ । जसमध्ये १३ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेकाे छ भने २ मेगापिक्सेलको अर्काे क्यामरा रहेकाे छ । सेल्फीकाे लागि यसकाे फ्रन्टमा ५ मेगापिक्सेलको क्यामरा रहेको छ ।
फिंगरप्रिन्ट सेन्सर
ग्यालेक्सी एम ११ काे रियरमा एउटा फिंगरप्रिन्ट सेन्सर दिइएकाे छ भने ग्यालेक्सी एम ०१ मा फिंगरप्रिन्ट सेन्सर समावेश छैन् ।
ब्याट्री
ग्यालेक्सी एम ११ मा ५,००० एमएएच (5,000mAh) काे ब्याट्री राखिएको छ । १५ वाट (15W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन ब्याट्रीकाे ममिलामा भने अत्यन्त उत्कृष्ट मानिएकाे छ ।
ग्यालेक्सी एम ०१ मा भने ४,००० एमएएच (4,000mAh) काे ब्याट्री राखिएको छ । याे स्मार्टफोनमा ५ वाट (5W) काे फास्ट चार्जिङ सिस्टम समावेश गरिएकाे छ ।
स्टोरेज
कम्पनीले ग्यालेक्सी एम ०१, ३ जीबी र्याम+३२ जीबी स्टोरेज भेरिएन्टमा लन्च गरेकाे छ भने ग्यालेक्सी एम ११, ३ जीबी र्याम+३२ जीबी स्टोरेज र ४ जीबी र्याम+६४ जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा लन्च गरेकाे छ ।
कलर अप्शन
यी दुबै स्मार्टफाेनहरू Black, Metallic Blue र Violet Color कलर अप्शन्समा उपलब्ध गराइएकाे छ ।
अन्य फिचर्स
यी दुबै स्मार्टफाेनहरूमा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, फाेरजी एलटीई (4G LTE), ब्लूटूथ भर्सन ४.२, वाई-फाई ८०२.११, बी/जी/एन, जीपिएस (GPS) आदि जस्ता फिचरहरू समावेश छन् ।
मूल्य
एउटा मात्र भेरिएन्टमा लन्च गरिएकाे ग्यालेक्सी एम ०१ काे मूल्य ८ हजार ९ सय ९९ भारतिय रुपैंया निर्धारण गरिएकाे छ, जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग १४ हजार ४ सय रुपैंया पर्न आउँछ ।
त्यस्तै ग्यालेक्सी एम ११ काे ३ जीबी र्याम+३२ जीबी स्टोरेज भेरिएन्टकाे मूल्य १० हजार ९ सय ९९ भारतिय रुपैंया र ४ जीबी र्याम+६४ जीबी स्टोरेज भेरिएन्टकाे मूल्य १२ हजार ९ सय ९९ भारतिय रुपैंया तोकिएको छ । जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा क्रमश लगभग १७ हजार ६ सय रुपैंया र २० हजार ८ सय रुपैंया पर्न आउँछ । अबकाे केहि महिनामा यी स्मार्टफाेनहरू नेपाली बजारमा पनि भित्रिने छन् ।
यी स्मार्टफाेन ई-कमर्स वेबसाइट फ्लिपकार्ट (Flipkart) तथा सामसङकाे मेजर ई-रिटेलर्सबाट खरिद गर्न सकिने छ । आज दिउँसाे ३ बजेबाट बिक्री समेत शुरू भएकाे छ ।