एजेन्सी- माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका नयाँ फिचर ल्याएको छ। कम्पनीले हालै फ्लीट नामक नयाँ फिचर सार्वजनिक गरेको हो। याे फिचर स्न्यापच्याट, फेसबुक र इन्स्टाग्राममा रहेकाे स्टोरिज फिचर जस्तै रहेकाे छ।
स्टोरिज फिचरमा जस्तै फ्लीटमा पनि प्रयोगकर्ताहरुले रिप्लाई तथा रिएक्सन दिनसक्छन्। फ्लीटमा आउने रिएक्सनलाई प्रयोगकर्ताले ट्वीटरको डाइरेक्ट म्यासेजमा गएर हेर्न सक्नेछन्। यद्यपी ट्वीटरले यो फिचर हालसम्म सबै प्रयोगकर्ताका लागि भने उपलब्ध गराइसकेकाे छैन्। तर परीक्षण पछि भने कम्पनीले यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउने छ। यो फिचरले प्रयोगकर्ताहरुलाई ट्वीटर प्रयोगको नयाँ अनुभव प्रदान गर्नेछ।
याे बाहेक ट्वीटरले ट्वीटमा इमोजी रिएक्शन फिचर ल्याउने तयारी गरेकाे छ। ट्वीटरले केहि समय अघि DM (डायरेक्ट म्यासेज) मा इमोजी रिएक्शन फिचरकाे शुरूवात गरेकाे थियाे। तर अब भने कुनै पनि ट्वीटमा इमोजी सहित रियाक्ट गर्न सकिने फिचर ल्याउन लागेकाे हाे।
त्यसका लागि ट्वीटरले हाल सिस्टम परीक्षण गरिरहेको चिनियाँ डेभलपर तथा सिक्योरिटी रिसर्चर जेन म्यानचुन वाङले खबर सार्वजनिक गरेकी छिन्। उनले आफ्नो ट्वीटरमार्फत फेसबुकको पछिल्लो अपडेटबारे जानकारी गराएकी हुन्।
हाल परीक्षणको चरणमा रहेकाे यो नयाँ फिचरबाट अब प्रयोगकर्ताले हरेक ट्वीटमा इमोजी तथा फ्लीटले रिएक्ट गर्ने सक्नेछन्। वाङले शेयर गरेको स्क्रीनशट अनुसार त्यहाँ प्रयोगकर्ताले चार अप्शन पाउने छन्।
पहिलो अप्शनमा हाल उपलब्ध रहेकाे जस्तै रिट्वीट (Retweet) गर्ने अप्शन रहेकाे छ। यस्तै दोस्रो अप्शनमा रिट्वीट विथ कमेन्ट (Retweet with comment) रहेकाे छ। जसबाट कमेन्टसँगै रिट्वीट पनि गर्न सकिने छ। तेस्रो अप्शनमा इमोजी (Emoji) रहेकाे छ। जसबाट प्रयाेगकर्ताले फेसबुकमा पाेस्ट रियाक्ट गरे जस्तै कुनै पनि ट्वीटलाई इमोजी सहित रियाक्ट गर्न सक्ने छन्। रियाक्ट गर्नकाे लागि विभिन्न इमोजीहरू उपलब्ध गराइएकाे छ, जसमध्ये कुनै पनि एकलाइ छान्न पाइने छ।
यसैगरि चौथो अप्शनमा रियाक्ट विथ फ्लीट (React With Fleet) रहेकाे छ। यसबाट प्रयाेगकर्ताले फ्लीट मार्फत ट्वीटमा रिएक्ट गर्न सकिने छ। कम्पनीले यसबारे कुनै पनि आधिकारिक जानकारि भने दिसकेकाे छैन्। .