काठमाडौं- सामसङले आफ्नो ग्यालेक्सी ‘एस’ सिरिज अन्तर्गतकाे नयाँ स्मार्टफोन ग्यालेक्सी एस २० अल्ट्रा (Galaxy S20 Ultra) नेपाली बजारमा सार्वजनिक गरेको छ। साेहि सिरिज अन्तर्गतका ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस भने यसअघि नै नेपालमा लन्च भइसकेको छ। सामसङ नेपालले गत मार्च महिनामा यी स्मार्टफोनहरू नेपाली बजारमा लन्च गरेकाे थियाे। यी दुई स्मार्टफोनहरू सर्वाधिक बिक्री भए पछि सामसङ नेपालले एस सिरिजकै उत्कृष्ट स्मार्टफोन सामसङ ग्यालेक्सी एस २० अल्ट्रा लन्च गरेकाे हाे।
कम्पनीको अनुसार यी स्मार्टफोनमध्ये ग्यालेक्सी एस २० अल्ट्रा यो सिरिजकै सबैभन्दा प्रिमियम स्मार्टफोन मानिएको छ। प्रिमियम फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्ने याे नयाँ स्मार्टफाेन फाइभ जी (5G) टेक्नाेलाेजीमा आधारित रहेकाे छ। यसअघि शाओमी ब्राण्डकाे नेपालका लागी आधिकारीक बिक्रेता 'शाओमी नेपाल'ले पनि फाइभ जी प्रविधिमा आधारित एमआई टेन (Mi 10) स्मार्टफोन लन्च गरेकाे थियाे। 'एमआई टेन फाइभ जी' नामले प्रचलित रहेकाे याे स्मार्टफोन नेपालमा सार्वजनिक भएकाे फाइभ जी (5G) प्रविधिमा आधारित पहिलाे स्मार्टफोन हाे भने ग्यालेक्सी एस २० अल्ट्रा दाेस्राे स्मार्टफोन बनेकाे छ।
डिस्प्ले र पर्फमेन्स
यसमा १४४०×३२०० पिक्सेल रिजोलुशन भएको ६.९ इन्चको फुल एचडी प्लस (Full HD+) डायनामिक एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। १ सय २० हर्ज (120Hz) रिफ्रेश रेट रहेकाे याे स्मार्टफाेन इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र कर्निंग गोरिल्ला ग्लास ६ प्रोटेक्शन (Gorilla Glass 6 Protection) सहित आएको छ। स्पीड तथा मल्टीटास्किङकाे लागि याे स्मार्टफाेनमा सामसङको एक्सनोज (Exynos 990 (7 nm+) प्रोसेसर चिपसेट दिइएको छ। एन्ड्रोइड १० मा आधारित सामसङको वान युआइ २.० (One UI 2.0) अपरेटिङ सिस्टममा चल्ने याे स्मार्टफाेनमा २४० हर्ज टच स्याम्पिलिंग रेट रहेकाे छ। यस्तै याे स्मार्टफाेनकाे आस्पेक्ट रेशियो २०:९ रहेकाे छ भने ग्राफिक्सकाे लागि यसमा एड्रेनो ६५० जीपीयू (Adreno 650 GPU) समावेश गरिएकाे छ। जुन गेमिङ्गकाे लागि निकै उपयोगी मानिन्छ। १२० हर्ज रिफ्रेश रेट, १२ जीवी र्याम, पावरफुल प्रोसेसर तथा गेम बुस्टर जस्ता विशेषता भएकै कारण याे स्मार्टफोनले ग्राहकलाई स्मुथ गेमिङ्गकाे साथै स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि ग्यालेक्सी एस २० अल्ट्रामा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ। जसमध्ये १ सय ८ मेगापिक्सेलको प्राइमरी सेन्सर, ४८ मेगापिक्सलको टेलिफोटो लेन्स, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड एंगल लेन्स र डेप्थ भिजन सेन्सर सहितको क्यामरा रहेकाे छ। प्रयोगकर्ताहरूले १०८ एमपी प्राइमरी सेन्सरको साथ नाङ्गो आँखा नदेखिने विवरणहरूको अल्ट्रा-क्लियर शटहरू पनि खिच्न सकिने कम्पनीकाे भनाइ छ। साथै याे फाेनबाट फोनबाट एटके (8K) सम्मको भिडियो रेकर्डिङ गर्न सकिन्छ। याे फाेनबाट एटके भिडियो रेकर्डिङ्ग, हाइपरल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडमा भिडियो खिच्न सक्दछ। यस बाहेक सेल्फी तथा भिडियाे कलिंगका लागि यसकाे फ्रन्टमा ४० मेगापिक्सेलको क्यामरा रहेको छ। जसले कुनै पनि बस्तुको तस्विर स्पष्ट, सफा तथा आकर्षक खिच्न सकिने बताइएको छ। ४० मेगापिक्सेलको सेल्फी क्यामरामा फोरके भिडियो रेकर्डिङ्ग तथा स्लोमो सेल्फी जस्ता फिचर्स रहेकाे छ।
ब्याट्री
याे स्मार्टफाेनमा ५००० एमएएच (5,000mAh) काे ब्याट्री राखिएको छ। ४५ वाट (45W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन वायर्ड (Type C cable) र वायरलेस (Wired and wireless) दुबै तरिकाले चार्ज गर्न सकिन्छ। यसमा १५ वाटकाे फास्ट वायरलेस चार्जिङ र ९ वाटकाे रिभर्स वायरलेस चार्जिङ सिस्टम पनि समावेश रहेकाे छ। सहजै एक हातमा अटिने यी स्मार्टफोनकाे डायमेन्शन ६.५७x २.९९x०.३५ इन्च रहेकाे छ भने ताैल २२२ ग्राम रहेकाे छ।
स्टोरेज
नेपालमा ग्यालेक्सी एस २० अल्ट्रा, १२ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टमा लन्च भएकाे छ। याे फाेनकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट १ टीबी (1TB) सम्म बढान सकिन्छ।
कलर अप्शन
कम्पनीले ग्यालेक्सी एस २० अल्ट्रा Cosmic Grey र Cosmic Black गरी दुइ कलर अप्शन्समा उपलब्ध गराएकाे छ।
अन्य फिचर्स
याे बाहेक ग्यालेक्सी एस २० अल्ट्रामा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, फाइभ जी एसए / एनएसए (SA and NSA), डुअल फाेरजी एलटीई (4G LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई-फाई ८०२.११, जीपीएस / ए-जीपीएस (GPS/A-GPS), वायरलेस चार्जिंग (Qi wireless charging), १२ जीबीकाे LPDDR5 र्याम जस्ता फिचरहरू समावेश गरिएकाे छ। LPDDR 5 काे सहयाेगमा डेटा ऐक्सेस स्पीड ५० प्रतिशत सम्म बढाउन सकिन्छ।
मूल्य
नेपाली बजारमा याे स्मार्टफाेनकाे मूल्य १ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएकाे छ। कम्पनीकाे अनुसार याे फोन जुन महिनाको २३ तारिखदेखि नेपालका ब्राण्डसप, सामसङ इ-स्टोर तथा रिटेल स्टोरहरुबाट समेत खरिद गर्न सकिने छ। याे बाहेक ग्यालेक्सी एस२० अल्ट्राको खरिदमा ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बडस् प्लस (Buds+) र १ वर्षसम्मको ब्रेकेज इन्स्युरेन्स (Breakage Insurance) सुविधा समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।