भारत जहिले पनि मधेशी दलहरू एक रहोस् भन्ने पक्षमा नै हुन्छ।
मधेशी दल कमजोर नबनोस, व्यक्तिगत स्वार्थले नफुटोस, मधेशी जनताको इच्छा आकांक्षा अनुसार एउटा ठूलो र निर्णायक शक्ति बनोस् भन्ने उसको चाहना रहन्छ।
जब केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा तत्कालीन समाजवादी पार्टी विभाजन गर्न अध्यादेश ल्याउदाँ उपेन्द्र यादवले लैनचौर देखि दिल्लीसम्म हारगुहार गरेको जसपाकै नेताहरु बताउछन्।
मधेशी दल फुट्नु कुनै हालतमा राम्रो होइन भन्ने निष्कर्षका साथ त्यसलाई असफल पार्न रातारात दिल्ली र लैनचौरले मध्यस्थता गर्यो। परिणामस्वरुप उपेन्द्र यादवको पार्टी फूटबाट त जोगियो नै सँगै महन्थ ठाकुरको नेतृत्वमा रहेको राजपासंग एकीकरण पनि गराईयो।
राजपा अध्यक्ष मण्डलका ६ मध्ये ४ अध्यक्षको इच्छा विपरीत यो एकीकरण गराइएको थियो। भारतले यसको एवजमा ओली सरकारसंगको राजनीतिक र कूटनीतिक सम्बन्धनै धरापमा परेको थियो। तर पार्टीलाई फुटबाट जोगाउन अनुनय–विनय गरेका उपेन्द्र यादवले पछि दिल्लीको इच्छा विपरीत सरिता गिरीलाई पार्टीबाट निकाले, आफ्नो मनमानी गर्न थाले।
मधेशको मांग सम्बोधन गर्न ओली तैयार रहे पनि त्यसको विरोधमा लागे। महन्थ ठाकुर राजेन्द्र महतो समेतलाई पार्टीबाट निष्कासित गरे। यो कुरा दिल्लीले गम्भिरतापुर्वक लियो र उपेन्द्र बाबूराम र उनलाई साथ दिने कुनै पनि नेतालाई नभेट्ने निष्कर्षमा पुग्यो।
बाबूराम भट्टराईलाई नभेट्ने एउटा कारण धर्म प्रतिको उनको लगातारको आक्रमण पनि हो। बाबूरामले आफ्नो ट्विटर र फेसबुक मार्फत हिन्दू धर्म र आस्था माथि चोट पुग्ने गरि लेख र स्ट्याटस लेख्ने, जेएनयूको भारत विरोधी गोप्य एजेंडालाई सघाउन सक्रिय रहने, भारत सरकारको आन्तरिक नीतिहरूको पनि विरोध गर्ने, मोदीको आलोचना गर्ने र राहुल गांधीको समर्थन गर्ने जस्ता गतिवीधीहरु गर्ने गरेको भारतको ठम्याइ छ।
पछिल्लो समय कतिपय भारतीय सञ्चारमाध्यममा लेख समेत लेखेर हिन्दू धर्ममाथि आघात गर्ने, भारत उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथले गंगा नदीमा दूध प्रवाह गरेको फोटो समेतमा आलोचना र विरोध गरे पछि बाबूराम संग कुनै संपर्क र संबंध नराख्ने निष्कर्षमा भाजपा पुगेको बताइन्।