प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
बैठकमा सरकारले एमसीसी परियोजना संसदमा पेश गर्ने तयारी गरेको छ । बैठकमा एमालेले अवरोध कायमै राखेको छ ।
संसदमा एमसीसीबारे धारणा राखिरहेका छन् ।
संसदमा बोल्दै सांसद देव गुरुङले संसद् अवरोध भएको अवस्थामा एमसीसी पेश गर्न नहुने बताए । उनले एमसीसी गम्भीर राष्ट्रियता विपरित रहेको, अनुदानलाई संसदबाट पास गर्ने ऐन नियम नरेहकोले राष्ट्रिय सहमति जुट्नुपर्ने बताए ।
सांसद भीम रावलले राजनीतिक दलबीच सहमति नभई एमसीसी संसदमा पेश गर्नु गैरजिम्मेवार काम भएको बताए । उनले यसलाई रोक्नुपर्ने बताउ ।
उनले भने, ‘एमसीसीले नेपालको ऐन कानून मिचिको छ । नेपालको स्वाधिनता, स्वाभिमानको विषय हो । प्रमुख प्रतिपक्षले संसद अवरोध गरिरहेको छ । जनता सडकमा छन् । विरोधका बीच एमसीसी संसदमा पेश गर्नु आपत्तिजनक छ । जनता र संसदको अपमान हो । यसलाई टेबल रोक्नुपर्छ ।’
सांसद प्रेम सुवालले एमसीसी अनुदान नभएर लगानी भएकोले अस्वीकार गर्नुपर्ने बताए । एमसीसीले अमेरिकी स्वार्थलाई अगाडि बढाउने षड्यन्त्र रहेको दाबी गरे ।
सांसद दुर्गा पौडेलले देशलाई एमसीसीसँग साट्न नसकिने बताइन् । उनले एमसीसी टेबल नगरेर खारेज गर्नुपर्ने बताइन् ।