प्रतिनिधि सभा बैठकमा एमसीसी पेश भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माकोतर्फबाट सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका हुन् । संसदमा दर्ता भएको ३२ महिनापछि एमसीसी प्रतिनिधिसभामा टेबल भएको हो ।
एमसीसी पेश गर्दै कार्कीले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धता व्यक्त गरे ।
सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने उनले बताए । एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताए ।
बैठकमा एमालेले अवरोध कायमै राखेको थियाे ।
बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले एमसीसीको विरोध गर्दै टेबल गर्न नहुने बताएका थिए ।
एमसीसी टेबलसँग आजको बैठक सकिएको छ । अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ ।
उक्त बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ ।