सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाईसशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको हो ।
अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् ।
आजै सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।