बलात्कार घटनामा आफ्नो नाम पनि मुछिएपछि मिस नेपाल २००२ माल्भिका सुब्बा तनावमा परेकी छन्।
ब्युटी प्याजेन्टको ‘सक्सेस पार्टी’पछि आफूमाथि बलात्कार भएको आरोप लगाउँदै बुधबार भिडियो सार्वजनिक गरेकी एक युवतीले सुब्बाको नाम पनि लिएकी थिइन्।
घटनाबारे जानकारी दिँदा सुब्बाले केही गर्न नसक्ने भन्दै गैरजिम्मेवार तरिकाले जवाफ दिइएको आरोप भिडियोमा लगाइएको छ।
त्यसबारे उनले भनेकी छन्, ‘मिस नेपाल सुब्बालाई कल गरे। तिम्रो समस्या मलाई किन सुनाइरहेको भन्नेर जवाफ दिनुभयो।’
उक्त घटना सार्वजनिक भएपछि सुब्बाको आलोचना भइरहेको छ। धेरैले उनको फेसबुक र इन्स्टाग्रामका पोष्टमा गाली गर्दै नराम्रो कमेन्ट गरररहेका छन्। पोष्टमा नराम्रो कमेन्ट आएपछि उनले इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छन्।
महिला अधिकार र हकको लागि भाषण गर्दै हिँड्ने तर बलात्कृत युवतीले सहयोग माग्दा गैरजिम्मेवार बनेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा गालीको ओइरो आइरहेको छ।
कतिपयले उनलाई सामाजिक सञ्जालमा अनफ्लो अभियान चलाएका छन् भने कतिपयले आइडी रिपोर्ट गरिरहेका छन्।
अहिले उनको आइडी इन्स्टाग्राममा फ्लोर घटिरहेका छन् भने उनले इन्ष्टाको प्रोफाइलबाट फोटो हटाएकी छन्।
प्रोफाइलबाट फोटो हटाएपछि सुब्बाको इन्ष्टा
उक्त भिडियो सार्वजनिकपछि एक सन्देश सार्वजनिक गर्दै सुब्बाले आफूले पीडितलाई सहयोग गर्न नपाएकोप्रति माफी पनि मागेकी छन्
उनले हिंसाका यस्ता घटनामा मौन बस्नु कुनैबेला झनै हानिकारक हुने आफूले सिकेको र आफू अझै पनि धेरै कुरा सिकिरहेको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘अब म मौन बस्ने छैन, उनी र उनी जस्तै अन्य अरु धेरै पीडितका लागि म लड्नेछु ।’
उक्त घटना सार्वजनिकपछि महिला अधिकारीर्की, पूर्व मिस नेपाल, नायिकहरुले पीडित युवतीको पक्षमा बोलिरहेका छन्।