मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा युवतीमाथि बलात्कार आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन्।
उनलाई प्रहरीले आज पक्राउ गरेको हो।
मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले बुधबार भिडियो सार्वजनिक गरेकी थिइन्। ती युवतीले भिडियोमा २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एभरेष्ट होटलमा आफूमाथि बलात्कार भएको उल्लेख गरेकी छन्।