काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमणकाे महामारीविरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको बताएका छन् । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण एकजनामा देखिएसँगै नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यसले थप सजगता र सावधानीको माग गरेको छ ।”
काठमाडौं – थर्मलगन (ईन्फ्रारेड थर्मोमिटर)को कालाबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको नक्सालबाट जगदम्बा ग्रुपका सुलभ अग्रवाललाई पक्राउ गरेको हो।
काठमाडौं - संक्रमणकालको मौका छोपेर कालोबजारी गर्नेहरुलाई पक्राउ गर्ने कार्यमा प्रहरीले निरन्तर सफलता हासिल गरिरहेको छ। मास्कको कृत्रिम अभाव सृजना गरेर महँगो मुल्यमा बिक्रि गर्ने माफिया तथा अन्य अत्यावश्यक वस्तुहरुको कालोबजारी गर्ने व्यापारीहरुमाथि प्रहरीले निगरानी बढाएको छ। निरन्तरको निगरानी र सुराकीले दिएको सुचनाका आधारमा कालोबजारी गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले विभिन्न तरिका अपनाउदैँ आएको छ। मगंलबार पक्राउ परेका जगदम्बा गु्रपका मालिक तथा शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाललाई पक्राउ गर्न पनि प्रहरीले भिन्न उपाय अपनाएको छ।
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्यालादारी श्रमिक, बेराेजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीहरुका लागि तत्काल राहत घोषणा गर्न सरकारसँग माग गरेको छ। ज्यालादारी श्रमिकहरुको जीवन कष्टकर बनेको भन्दै कांग्रेसले तत्काल राहत घाेषणा गर्न माग गरेकाे हाे । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको मंगलबार बसेकाे बैठकले अत्यावश्यक खाद्यान्नको सहजीकरण गराउन सरकारको ध्यानाकर्षण पनि गराएकाे छ ।
ललितपुर - झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका(६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका(३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३०वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका(५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन्।
काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित ८ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित ८ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेसँगै नेपालमा थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको बताएका हुन्।
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको मृत्यु भएको छ। एलायन्सका सेक्रेटरी खलेद अल–म्रिमिका अनुसार ६७ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो। उनी दुई सातादेखि अस्पतालमा उपचाररत थिए।
काठमाडाैं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण कक्षा ११ र १२ को बार्षिक परिक्षा अनिश्चित कालको लागि स्थगित भएको छ। राष्ट्रिय परिक्षा बोर्डद्वारा पुर्व निर्धारित कार्यतालीका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सञ्चालन हुने भनिएको थियो।
काठमाडाैं - संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल २६ बैठक बसेका थिए। गत पुस ४ गतेदेखि शुरु भएको अधिवेशनले प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्वाचित गरेको थियो।
एजेन्सी - बेलायतले नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लग्ने भएको छ। बुधबार पहिलो चार्टर्ड उडानमार्फत आफ्ना नागरिक फिर्ता लैजाने भएको छ भने दोस्रो उडान शुक्रबार गर्ने तयारी गरेको छ। बेलायतले आफ्नै मुलुकको टीटान एयरवेजको जहाज चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने गरेको छ। लकडाउन जारी भएपछि करिब तीन हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन्।
काठमाडाैं - निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गरे। भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै उनले सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए।
भिमदत्तनगर - कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन्। यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
काठमाडौं - लकडाउनको बेलामा अत्यावश्यक सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने पासलाई निरन्तरता दिने भएको छ। लकडाउनको अवधि थप गर्दै लकडाउनमा थप कडाई गर्ने सरकारको निर्णयपछि पास वितरण बन्द गर्ने आंकलन गरिएको थियो । लकडाउनको समय बढेकाले विभिन्न निकायमार्फत जिल्ला प्रशासन कार्यालयले वितरण गरेको ७ दिने पासले नै लकडाउन अवधिभर निरन्तरता पाउने भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
काठमाडौं - स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफ्नो नाम जोडिएपछि स्वराज पोख्रेलले काठमाडौं प्रेस अनलाईनबिरुद्द उजुरी दिएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलका छोरा स्वराजले काठमाडौं प्रेसले प्रकाशित गरेको समाचार खण्डन गर्दै प्रेस काउन्सिलमा उजुरी हालेका हुन्। ‘‘म ओम्नी ग्रुप कम्पनीको सञ्चालक तथा शेयरहोल्डर होईन’’ स्वराजले भनेका छन्, ‘‘उक्त कम्पनीलाई ठेक्का दिलाउने प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन।’’