प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझै कडाई हुने बताएका छन्। शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समा कुरा गर्दै उनले लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका हुन्। शनिबार बिहान ११ः३० देखि अपरान्ह ३ः४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट संचालन भएको भिडियो कन्फरेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासहरूको स्थिति जानकारी गराएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कोरोना भाइरस (कोभिड(१९)को नमूना जाँच परीक्षण सुरु भएको जनाएको छ। शनिबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिए। उनले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन परीक्षण सुरु हुने जानकारी दिए।
लकडाउनका कारण नेपालमा रोकिएका २५० जना क्यानेडियन नागरिक आज स्वदेश फर्किएका छन्। उनीहरुलाई लिन कतार एयरको विमान आज बिहान काठमाडौं आइपुगेको थियो। दिल्लीमा रहेको क्यानडेयिन राजदुतावासको पहलमा आएको चार्टर्ड विमान दिउँसो साढे २ बजे फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
हरियो रङ्गको मोटरसाईकलमा एकजना व्यक्ति मैतिदेवीबाट खोला किनार हुँदै अनामनगर भाटभटेनीतर्फ गईरहेका थिए। म उनको पछिपछि थिएँ। काधँमा क्यामेराको झोला र छेउमा ‘ट्राईपोड’ झुण्ड्याएका उनको घाँटीमा कार्यालयको परिचय पत्र पनि झुण्डिएको थियो। पत्रकारजस्ता देखिन्थे। मूख्य सडकमा उक्लनेवित्तिकै सुरक्षाकर्मीले हातले ईशारा गर्दै रोके। ‘‘ कता हिंड्नुभयो सर लकडाउनमा?’’, काँधमा एउटा तारा भएका प्रहरीले सोधे।
कोरोनाविरुद्धको लडाई जित्नका लागि सरकारले लकडाउन गरेको छ। सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ। यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ। यस्तै, सरकारले यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय गरेको छ।
झापा जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्याइने भएको छ। कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पुर्याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए। उनका अनुसार झापामा करीब ३ सय ५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन्।
टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन्। कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले राससलाई जानकारी दिए। उनले भने, ‘अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना भएका छन्। उनलाई माइल्ड हार्टअट्याक भएपछि शनिबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचारका लागि भर्ना गरिएको हो। भट्टराईको स्वास्थ्यमा समस्या देखिएको प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णु रिमालले जानकारी दिएका हुन्।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन्। राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ। नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले बताएका छन्। ‘हामीले खानै नसक्ने सडेको चामल दिइएको छ, तौलमा पनि कम छ, सोयाबिनमा पनि कीरा परेको छ, हामीले कसरी खाने ?‘, उनले भने। नगरपालिकाले पहिलो चरणमा दश किलोको दरले चामल वितरण गरेको थियो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले काँग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन्। छब्बीस देशका जनसम्पर्क समितिका अध्यक्ष संयोजकले भाग लिएको उक्त छलफलमा विश्वभर रहेका नेपालीमा कोभिड –१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ।