पीसीआर बिधिबाट प्रयोगशालामा हालसम्म ६ हजार ८ सय ७१ जनाको कोरोनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट हालसम्म ८ हजार ९ सय २९ जनाको कोरोनाको परिक्षण भएको छ। यी दुबै मिलाएर हालसम्म १५ हजार ८ सय जनाको परिक्षण भएको छ। र पछिल्लो २४ घन्टामा २ हजार ८ सय ९४ वटा कुल परिक्षण भएको छ स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
वेभसाईट नै डाउन भएपछि गृह मन्त्रालयमार्फत बाढ्न लागिएको अनलाई पास वीतरण हुन सकेको छैन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ई–पासको लागि आवेदन धेरै आएका वेभसाईटले काम नगरेको बताए।‘धेरै आवेदन आएर वेभसाईट नै चलेको छैन’’, उनले नेपाली पब्लिकसँग भने, ‘‘बनाएर भोलीदेखी बाढ्न थाल्छौ।’’ तोकीएकोभन्दा अन्य प्रयोजनाका लागि आवेदन आउँदा समस्या बढेको उनले बताए।
गोरखा आरुघाटका एक युवककाे र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) गर्दा कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको छ। आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएकाे र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट देखाएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिएका छन्।गत फागुन २२ गते बहराइनबाट ती युवा नेपाल फर्किएका थिए। मंगलबार गरिएकाे र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ।
चितवनमा गरिएको ¥यापिड टेष्टमा एकजनाको नतिजा पोजिटिभ देखिएको छ। कोरीयाबाट फर्किएका युवाको रत्ननगरको गुञ्जमान सिंह अस्पताल पिठुवामा आरटिडी किटबाट परिक्षण गरिएको थियो।उनी एक महिनाअगाडी दक्षिण कोरीयाबाट फर्किएको स्थानियले बताएका छन्। नतिजा पोजिटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर थप जाँचको तयारी भइरहेको छ।
कोरोनाभाइरस बिरुद्धको खोप बनाउन विश्वभरका वैज्ञानिकहरु जाेडताेडसँग लागि परेका छन्। यस क्रममा अहिले ७० किसिमका सम्भावित खोप विकास भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ। डब्ल्यूएचओका अनुसार तीमध्ये ३ प्रकारका खोप भने मानिसमा परीक्षण गर्ने क्रममा रहेकाे छ। परीक्षणमा गएका मध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको जनाइएको छ। यस्तै अमेरिकी औषधि उत्पादक कम्पनी इनोविओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण र्गे क्रममा रहेको छ भने बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप अहिले दोस्रो चरणको परीक्षणमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कोरोना संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा प्रहरिले दुईजनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपाने र विरेन्द्रनगर नगरपालिका-८ कालिन्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्य रहेका छन्।दिपकले फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
छोटो भिडियो क्रिएटिङ तथा सेयरिङ गर्ने चर्चित एप टिकटकको डाउनलोड एन्ड्रोयड र आइओयसमा गरी २ अर्ब नाघेको छ। गुगल प्ले स्टोर र एप्पलको एप स्टोर, दुबै प्लेटफर्ममा गरी यो एपको डाउनलोड संख्या गत फेब्रुअरीसम्म १ अर्ब थियाे । गएकाे मार्च महिनामा लकडाउनका कारण टीकटककाे प्रयाेग ह्वात्तै बढेपछि डाउनलाेडकाे प्रतिस्पर्धामा टिकटकले अन्य सामाजिक सञ्जाललाई समेत पछि पारेको छ।
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।घिमिरे यसअघि पर्यटन मन्त्रालयको सचिव हुँदा पनि नेपाल वायुसेवा निमगको अध्यक्ष भइसकेका छन्। तर यसपालि भने उनी कार्यकारी अधिकारसहतिको अध्यक्षमा नियुक्त भएका हुन्।
एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ। मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो।यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो। विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ।
भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७७ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ। सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या २६ सय ८७ पुगेको छ, भने मृत्यु हुनेको संख्या १७८ रहेको छ। यस्तै दिल्लीमा कोरोना भाइरसबाट संक्रमित हुन मानिसको संख्या १५ सय ६१ पुगेको छ, भने ३० जनाको मृत्यु भइसकेको छ।