१. कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फर्किँदै
कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फर्किदै छन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन पछि घर फर्किन लागेका हुन्। गत चैत ११ गते मुम्बईबाट घर फर्किएका उनलाइ चैत २२ गते कोरोना पोजेटिभ देखिएको थियो।
२. पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण, नयाँ संक्रमित भेटिएन
पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर परीक्षणबाट ८ हजार ८१ र आरडीटी किट परीक्षणबाट २१ हजार ४ सय ८६ जनाको नमूना परीक्षण गरिएसँगै हालसम्म देशभर २९ हजार ५ सय ६७ जनाको कोभिड-१९ परीक्षण भएको बताएका छन्।
३. ६ दिनपछि नेपाल फर्किए क्वारेन्टाइनमै आमाको किरिया बसेका नेपाली
महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली स्वदेश फर्किएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का बासुदेव भट्टलाई ६ दिन पछि नेपाल ल्याइएको हो। आमा बितेर भारतस्थित क्वारेन्टाइनमै किरिया बसिरहेका उनलाई आइतबार दिउँसो माहाकाली माथिको पुल खोलेर ल्याइएको हो। भट्टलाई र्यापीट टेस्ट गरेपश्चात घर पुर्याइनेछ।
४. डा. पुनका सन्दर्भमा अनर्गल प्रचार नगर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको मात्र जनाएको छ। मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो।
५. कोरोनाको कारण विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित
विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० २८ पुगेका छन्। एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो।
६. कोरोना फैलिनुमा चीन जिम्मेवार देखिए त्यसको परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस ९कोभिड १९०को महामारी फैलिनुमा चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ह्वाइट हाउसमा हुने नियमित पत्रकार सम्मेलनमा शनिबार राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई सुरुदेखि नै रोक्न सकिन्थ्यो तर रोकिएन र हाल यसको नतिजा विश्वले नै भोग्नुपरेको बताए।
७. नेपाल–भारत सीमानाकामा सिसीटिभी जडान गरिने
प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ। लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने, “नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ। सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो।”
८. कोभिड–१९ विरुद्ध जुट्न राजपाको अपिल
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ। राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञिप्त जारी गर्दै कोभिड–१९ को महामारीको जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम गर्न नसकिएको जनाउँदै पार्टी स्थापना दिवसका अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।
९. प्रदेश नं ५ मा १७ बलात्कारका घटना
बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन्। बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन्। प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन्। त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिएका छन्।
१०. ललितपुरको झम्सीखेलमा कार र मोटरसाईकल ठोक्कीदा २ जना घाईते
ललितपुरको झम्सीखेलमा कार र मोटरसाईकल ठोक्कीदाँ २ जना घाईते भएका छन्। बा १६ च ७२१८ नम्बरको कार र बा ७० प ६०२४ नम्बरको मोटरसाईकल आपसमा ठोक्कीएका हुन्। घाइतेहरुलाई नेपाली सेना र सर्जिकल सप्लायर्स संघका व्यक्तिहरुले उपचारका लागि छाउनी अस्पताल लगेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रत्यक्षदर्शीले बताएका छन्।
११. भेरी अस्पतालमा कोरोना परीक्षण शुरु
नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ। रियल टाइम पोलिमर चेन रिएक्सन ९आरटिपिसिआर०उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएकोे अस्पतालका निमित्त प्रमुख डा। प्रकाश थापाले जानकारी दिएका छन्।
१२. माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स
नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ। निगमको न्यारोबढी ए३२० जहाजले आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।
१३. विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ।