सरकारले पार्टीसँग छलफल नै नगरी सोमबार राजनीतिक र संवैधानिक महत्वका दुइ अध्यादेश पारित गरेको छ । दुवै अध्यादेश राष्ट्रपती कार्यालयबाट साेमबार नै जारी भएका छन् । अध्यादेशका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक चलिरहँदा राष्ट्रपती कार्यालयबाट अध्यादेश जारी भएको थियो । सचिवालय बैठकको शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्नुको कारणबारे बताएका थिए । त्यसलगत्तै राष्ट्रपती कार्यालयबाट अध्यादेश जारी भएको सुचना आएको थियो । जारी भइसकेको अवस्थामा अध्यादेशबारे लामो छलफल गर्नुको औचित्य नभएकाले बैठक सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश ल्याउने सरकारी निर्णयलाई आपत्तिजनक कदम भन्दै गैरजिम्मेवार प्रवृत्तिको संज्ञा दिएको छ । कांग्रेस सभापती शेरबहादुर देउवाले सोमबार विज्ञप्ती जारी गर्दै सरकारले ल्याएको दुवै अध्यादेशप्रति आफ्नो पार्टीको गम्भिर असहमती रहेको बताएका छन् । कांग्रेसले कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउने बेला सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएको छ । कांग्रेसले भनेको छ, यो ‘बेमौसमी बांसुरी’ हो।
कोरोना महामारीकावीच सरकारले पारित गरेका राजनीतिक तथा संवैधानिक महत्वका दुइ अध्यादेशको चौतर्फि विरोध भएको छ । प्रतिपक्षी दलहरुले सरकारी कदमलाई बेमौसमी बाजा भनेर टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषक र कानुनविद्हरुले सरकारले जारी गरेको अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको बताएका छन् ।
‘साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर, शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन।’ गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘जवान मिर्गाैलाले बढी काम गरौं भन्छ। उसले बढी पानी खा, व्यायाम गर भन्छ। म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु। यसमा सक्रिय रहँदा मलाई एक प्रकारको व्यायाम मिलको छ।’
संसारलाई हामीले जसरी जानेका छौं, बुझेका छौं, कोरोना भाइरसले त्यसलाई आधारभूत रुपमै परिष्कृत गरिदिएको छ। परस्पर निर्भर विश्व र उपचारविहीन ज्यानमारा भाइरसबीचको घातक भिडन्तले मानव सभ्यतालाई लकडाउन अर्थात घरबन्दी गरेको छ। लकडाउनका सान्दर्भिकता र यसले विभिन्न परिवेशमा पारेको असर विश्लेषणको उत्कर्षमा छ। यसलाई कोरोनासँग भिड्नका निम्ति एकमात्र बाँकी विकल्पको रुपमा प्रायोगिक बनाउनुका साथै यसको केही अप्रत्याशित र उल्लेखनीय सकरात्मक योगदानलाई चर्चापरिचर्चासँग जोडिदैछ।
नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ। तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन्। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन्। सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्किएका हुन्। चैत १० गते धनगढीको गौरीफन्टा पुगेका उनी लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुगेका थिए।
‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्दर्भमा व्यक्त गरेको यो भनाइ अहिले आम मानिसमा चरितार्थ बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई एकान्त बासमा बस्न आह्वान गरेका कारण कृषि उत्पादनमा गिरावट आउन सक्ने सम्भावना छ।
नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्ताको आलोचना गर्दै थापाले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो सुझाव दिएका हुन्।उनले ट्वीटमा लेखेका छन् ’हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनि ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!
गुल्मीमा एउटा घरमा सोमबार आगलागी हुँदा एक बालकको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन्। शान्तिपुर बसपार्कस्थित बरेङ गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर खनाल (४५ वर्ष) को घरमा आगलागी हुँदा १६ वर्षिय किशाेर समिर खनालकाे मृत्यू भएको हो। बालक पुर्णका कान्छा छाेरा हुन्। आगलागीमा परी पुर्णसँगै उनकी श्रीमती रूपा खनाल (४२ वर्ष) र अर्का छाेरा सन्जय खनाल (२१ वर्ष) घाइते भएका छन्। "उनीहरूलाइ बेहाेसीकाे अवस्थामा नै उपचारकाे लागि पाल्पा लगिइएकाे छ।" प्रहरी निरीक्षक राजकुमार रावलले नेपाली पब्लिकसँग भने, "आगलागीकाे यकिन कारण भने खुल्न सकेकाे छैन।
जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ। न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा सफाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समयअघि मात्रै आएको हो।
सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन्। नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन्।उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि। डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि। छापिएकै छ नि।’
स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ। गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताएका छन्। अहिले नाकाबाट निर्वादरुपमा सामन आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन्।
नेपालले अन्तर्रा्ष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र लकडाउनका कारण नेपालमै फसेका १ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उडेको छ। जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो। रुसबाट आएको रोयल फ्लाइट एयरलाइन्सको जहाज साढे १० बजे काठमाडौं अवतरण गरेको थियो। नेपालबाट युरोप र अमेरिकाका धेरै मुलुकले आफ्नो नागरिक फिर्ता लगिसकेका छन्।
कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि कोभिड–१९ बाट आक्रान्त बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न विभिन्न रणनीति बनाइरहेको छ। कोभिड–१९ का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बताए।