सामसङले आफ्नो ग्यालेक्सी ए सिरिज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले ग्यालेक्सी ए थर्टिवान (Galaxy A31) स्मार्टफाेन बिहिबार भारतमा अनलाइन इभेन्टमार्फत लन्च गरेको हो।
ग्यालेक्सी ए ३१ काे ग्लोबल लन्चिंग गत मार्च महिनामा भएकाे थियाे। याे स्मार्टफाेन गत बर्षकाे फेब्रवरी महिनामा लन्च भएकाे ग्यालेक्सी ए थर्टि (Galaxy A30) को अपग्रेड भर्सन हाे।
डिस्प्ले र पर्फमेन्स
ग्यालेक्सी ए ३१ मा २४००×१०८० पिक्सेल रिजोलुशन भएको ६.४ इन्चको एचडी प्लस (HD+) सुपर एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। फोन फाेनकाे स्पीड तथा मल्टीटास्किङकाे लागि २.० गिगाहर्ज अक्टा-कोर (2.0GHz octa-core) मीडियाटेक हीलियो पी ६५ (MediaTek Helio P65) प्रोसेसर चिपसेट सहित ६ जीबीसम्मकाे र्यामकाे साथ आएकाे छ। २०:९ आस्पेक्ट रेशियो रहेकाे याे स्मार्टफोन एन्ड्रोइड १० मा आधारित वान युआइ (One UI) अपरेटिङ सिस्टममा चल्दछ। याे स्मार्टफाेन ग्लास कोटिंग भी प्रोटेक्शनसहित इन-डिसप्ले फिंगरप्रिन्ट सेन्सरकाे साथमा लन्च भएकाे छ।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि ग्यालेक्सी ए ३१ मा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ। जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी क्यामरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड एंगल लेन्स, ५ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको म्याक्रो लेन्स रहेकाे छ। सेल्फीकाे लागि यसकाे फ्रन्टमा २० मेगापिक्सेलको क्यामरा रहेको छ।
ब्याट्री
ग्यालेक्सी ए ३१ मा ५,००० एमएएच (5,000mAh) काे ब्याट्री राखिएको छ। १५ वाट काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोनकाे डायमेन्शन ७३.१x १५९.३x८.६ एमएम र ताैल १८५ ग्राम रहेकाे छ।
स्टोरेज
ग्यालेक्सी ए ३१, ४ जीबी र्याम+६४ जीबी स्टोरेज र ६ जीबी र्याम+१२८ जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा ग्लोबल लन्च भएकाे छ। तर भारतमा भने कम्पनीले ६ जीबी र्याम+१२८ जीबी स्टोरेज भेरिएन्टकाे मात्र लन्च गरेकाे छ। यसकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट ५१५ जीबीसम्म बढान सकिन्छ ।
कलर अप्शन
कम्पनीले याे स्मार्टफाेन प्रिज्म क्रश ब्ल्याक, प्रिज्म क्रश ब्लू र प्रिज्म क्रश ह्याइट गरी तीन कलर अप्शन्समा उपलब्ध गराइएकाे छ।
अन्य फिचर्स
ग्यालेक्सी ए ३१ मा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, डुअल सिम, फाेरजी एलटीई (4G LTE), ब्लूटूथ भर्सन ४.२, वाई-फाई ८०२.११, बी/जी/एन, जीपीएस / ए-जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन्।
मूल्य
एउटा मात्र भेरिएन्टमा लन्च गरिएकाे ग्यालेक्सी ए ३१ काे मूल्य २१ हजार ९ सय ९९ भारतिय रुपैंया तोकिएको छ। जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ३५ हजार २ सय रुपैंया पर्न आउँछ। सामसङ ब्राण्डकाे नेपालका लागी आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्सले अबकाे केहि महिनामा याे स्मार्टफाेन नेपाली बजारमा पनि भित्र्याउने छ। याे स्मार्टफाेन ई-कमर्स वेबसाइट फ्लिपकार्ट (Flipkart), अमेजन, सामसङ इन्डिया इ-स्टोर तथा सामसङकाे अफलाइन स्टोर्सबाट समेत खरिद गर्न सकिने छ। आज दिउँसाे ३ बजेबाट बिक्री समेत शुरू भएकाे छ।