अब फेसबुकमा रहेका फोटो तथा भिडियोहरु सिधै गूगल फोटोजमा ट्रान्फर गर्न सकिने भएको छ। फेसबुकले प्रयोगकर्ताहरुका लागि यसमा भएको फोटो तथा भिडियोहरु गूगल फोटोजमा सारेर स्टोर गर्न सकिने फिचर ल्याएकाे हाे।
ओपन सोर्स डेटा ट्रान्सफर प्राजेक्ट अन्तर्गत ल्याएको याे नयाँ फिचर फेसबुकले पछिल्लाे केहि महिना देखि परीक्षण गर्दै आएकाे थियाे।पहिलो चरणमा आयरल्याण्डबाट सुरु भएको यो फिचर फेसबुकले हाल विश्वभरका सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध गराएको छ।
यसको लागि फेसबुकमा ‘ट्रान्फर अ कपी अफ योर फोटो एण्ड भिडियो’ (Trasnfer a Copy of Your Photos or Videos) अप्शन उपलब्ध गराएको छ। जसमार्फत तपाईंले आफ्नो फेसबुकमा रहेका फोटो तथा भिडियोहरु गूगल फोटोजमा सारेर ब्याकअप गर्न सक्नुहुनेछ।
त्यसका लागि निम्नलिखित उपाय अपनाउनुहोस्:
१. सुरुमा फेसबुकको एप खोल्नुहोस् र दायाँ साइडको माथि रहेको तीन वटा धर्काेमा क्लिक गर्नुहोस्।
२. भित्र ‘सेटिङ एण्ड प्राइभेसी’ (Settings & Privacy) मेन्यु रहेको छ। त्यसमा क्लिक गरेसँगै तपाईंले त्यहाँ अर्को ‘सेटिङ’ अप्सन देख्नुहुनेछ। त्यसमा क्लिक गरि भित्र छिर्नुहोस्।
३. त्यसपछि त्यहाँ ‘योर फेसबुक इन्फर्मेसन’ (Your Facebook Information) भन्ने सेक्सन भित्र तपाईंले खोज्नु भएको अप्सन फेला पार्नसक्नु हुनेछ।
४.त्यहाँ ‘ट्रान्सफर अ कपी अफ योर फोटोज अर भिडियो’ (Trasnfer a Copy of Your Photos or Videos) भन्ने अप्शन दिइएको छ। त्यसमा क्लिक गरिसके पछि तपाईंले आफ्नो फेसबुक पासवर्ड हल्नु पर्ने हुन्छ। पासवर्ड हालि सकेपछि तल दिइएकाे फाेटाेमा जस्तै नयाँ पेज खुल्नेछ।
५. त्यसपछि चुज डेस्टिनेशन (Choose Destination) भन्ने निलाे ट्यापमा क्लिक गरि गूगल फोटोज सेलेक्ट गर्नुहाेस्।
६. गूगल फोटोज सेलेक्ट गरिसके पछि यस्ताे खुल्नेछ।
त्यहाँ फेसबुकमा रहेका फोटो कि भिडियो ट्रान्फर गर्ने भन्ने अप्शन दिइएकाे छ। यी मध्ये कुनै एकलाई सेलेक्ट गरी नेक्स्टमा क्लिक गर्नुहाेस्।
६. नेक्स्टमा क्लिक गरिसके पछि तपाईंले आफ्नो गूगल अकान्ट छनोट गर्नु पर्ने हुन्छ। यसरी आफ्नो फेसबुक र गूगल अकाउन्टलाई लिंक गरिसकेपछि तल दिइएकाे फाेटाेमा जस्तै नयाँ पेज खुल्नेछ।
त्यसपछि त्यहाँ दिइएकाे (Confirm Transfer) भन्ने निलाे ट्यापमा क्लिक गरि तपाईंले आफ्नाे फेसबुकमा रहेका फोटो तथा भिडियोहरू सिधै गूगल फोटोजमा ट्रान्फर गर्न सक्नु हुनेछ।
यसरी गूगल फोटोजमा ट्रान्फर गरिएका फोटो तथा भिडियोहरू सजिलै अन्य स्थानहरुमा प्रयोग गर्न सकिनेछ। यदि तपाईं गूगल फोटाेज प्रयोग गर्नुहुन्छ भने फेसबुककाे याे नयाँ फिचर तपाईं लागि सबैभन्दा उपयोगी हुनेछ।