आज साउन ६ गते अर्थात् नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवस।
यही अवसरमा आज जननेता विपीको सम्झनामा देशभित्र र बाहिर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विपीले अगाडि सारेको समाजवादको सिद्धान्तउपर आज विभिन्न सम्मेलन तथा सभामा चर्चा भइरहेको छ।
नेपाली राजनीति क्षेत्रसँगै उनको योगदान साहित्य क्षेत्रमा पनि उत्तिकै छ। प्रगतिशील नेपाली साहित्यका धरोहर विपीले विभिन्न विधामा कमल चलाएका छन्। त्यसमा पनि उनका अधिकांश सिर्जना यथार्थवाद र यौन मनोविज्ञानमा आधारित भएर लखिएको पाइन्छ।
यसर्थ, आजको दिनमा विपीले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानबारे पनि साहित्यप्रेमीमाझ चर्चाको विषय बनिरहेको छ।
नेपालमा बहुदलीय व्यवस्था स्थापित भएको पनि ३० वर्षभन्दा धेरै भइसकेको छ। यसबीचमा २७ वटा प्रधानमन्त्री परिवर्तन भए तर, नेपाल र नेपाली जनताको अवस्था ज्यूँका त्यूँ छ। व्यवस्था र पात्र फेरिए पनि नेपाली जनताका दिन फेरिएका छैनन्। उल्टो नेपालको राजनीति दिनप्रति दिन अझ जकडिँदै गइरहेको छ। देशमा हरेक दिन बढ्दै गइरहेको राजनीतिक अस्थिरताले नेपाली जनतालाई जननेता विपीको स्मरण गराइरहेको छ। देश र देशवासीलाई विपीको भिजन र विचारको आवश्यकता दैनन्दिन टड्कारो महसुस भइरहेको छ।
यसै सन्दर्भमा हामीले विपी अध्ययन प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्रविक्रम नेम्वाङसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ, नेपाली पब्लिकका कार्यकारी सम्पादक सुरज खनालले नेम्वाङसँग गरेको वार्तालाप...