सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू विश्वेश्वरप्रसाद कोइरालाको प्रेरणाले राजनीतिमा आएको बताएका छन्। रिजालले ३७ औँ बिपी स्मृतिको अवसरमा नेपाली पब्लिकसँगको टेलिफोन संवादमा यस्तो भनेका हुन्।
बिपी आफ्नो जीवनको उत्तरार्धमा हुँदा आफूले उनीसँग संगत गर्न पाएको र उनीसँगैको संगतले आफू राजनीतिमा आउन प्रेरित भएको डा. रिजालले बताएका छन्।
‘मैले बिपीलाई सम्झँदाखेरि मुलतः उहाँले जेल जरनलमा लेख्नुभएको एउटा अनि तै दार्शनिक वाक्यांश सम्झन्छु। उहाँले सत्य बहुआयामिक हुँदो रहेछ भनेर लेख्नुभएको छ,’ बिपीलाई स्मरण गर्दै डा. रिजालले नेपाली पब्लिकसँग भने, ‘मैले यो वाक्यांश अस्ति प्रम शेरबहादुरलाई विश्वासको मत किन दिनुपर्छ भन्दा र त्यसअघि पुर्ववर्ती सरकारको काममा समीक्षा गर्दा उठान गरेको छु।’
बिपीको यो भनाई हामी सबैले मनन गर्नुपर्ने र पुर्ववर्ती सरकारले यो कुरा मनन गर्न नसकेकै कारण असफल भएको पनि डा. रिजालले बताए। ‘पुर्वप्रधानमन्त्री ओलीमा आफूले देखेको–बुझेको–सुनेको मात्र सत्य हो भन्ने अहंकार थियो। ओली बेलाबेलामा सत्य सधैँ एउटा हुन्छ, दुईटा हुँदैन र एउटा मात्र सत्य आफू हुँ हुन्नुहुन्थ्यो।’
नेलशन मण्डेलाले पनि ‘लक वाक टु फ्रिडम’मा सत्यमाथि कसैको एकाधिकार नहुने लेखेका छन्।’ उनले थपे।
हामीले बिपीले जेल जरनलमा र नेलशन मण्डेलाले ‘लक वाक टु फ्रिडम’मा भने जस्तो सत्य बहुआयामिक र सत्यमाथि कसैको पनि एकाअधिकार नहुने कुरा बुझ्नुपर्ने पर्ने उनले बताए।
‘बिपीले हामी सबैलाई हाम्रा सीमा रेखाहरुलाई स्वीकार्नुपर्ने बताउनुभएको छ। बिपीले हामीलाई सिकाउनुभएको कुराको सार के हो भने, आफूले बुझेको, देखेको र सुनेको कुरा सत्य हो भनेर हामीले लड्ने हो तर, आफूले बुझेको, देखेको र सुनेको कुरा गलत पनि हुन सक्छ भन्ने सम्भावनालाई चाहिँ स्वीकार्नु पर्छ। बिपीले हामीलाई विपक्षीका कुरा पनि सत्य हुन सक्छ भनेर बताउनुभएको छ। अझ लोकतन्त्रमा त विपक्षीका कुरा सत्य हुन सक्ने भएकाले हमीले एकदमै सुन्नुपर्ने बताउनुभएको छ।’ डा. रिजालले।
डा. रिजालसँग गरिएको कुराकानीको पुरा अंश सुन्नुहोस्।