संघीयता र धर्मनिरपेक्षताबारे नयाँ प्रस्ताव ल्याएपछी विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको तिव्र आलोचना भइरहेको छ।
संघीयता खारेज गर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएका मिश्रले यसलाई व्यक्तिगत प्रस्ताव भनेका छन्। तर, उनले प्रयोग गरिरहेको व्यक्तिगत भन्ने शब्द पनि आलोचित भइरहेको छ।
नागरिक अभियन्ता नारायण वाग्लेले पनि मिश्रको यो प्रस्तावमाथी टिप्पणी गरेका छन्। उनले मिश्रमाथि जनतालाई विभ्रम बाँडीरहेको आरोप लगाएका छन्।
‘‘कुनै पार्टीको पदाधिकारी भएर ‘नितान्त व्यक्तिगत’ धारणा सार्वजनिक गर्नु आफैँमा राजनीति हो,’’ वाग्लेले फेसबुकमा लेखेका छन्, ‘परिदृश्यबाट ओलीजी हटेपछि जनतालाई विभ्रम बाँड्ने बिँडो मित्र रवीन्द्र मिश्रले थाम्न खोज्नुभयो। कम्तीमा राप्रपा त खुश भयो!’