चिनियाँ टप स्मार्टफोन कम्पनी शाओमीकाे नयाँ स्मार्टफोन नेपालमा लन्च भएकाे छ। शाओमी ब्राण्डकाे नेपालका लागी आधिकारीक बिक्रेता 'शाओमी नेपाल'ले 'रेडमी नोट नाइन प्रो' (Redmi Note 9 Pro) नाम दिइएकाे नयाँ स्मार्टफाेन लन्च गरेकाे हाे।
कोरोना भाइरसकाे कारण जारी लकडाउनमा समेत शाओमी तीन वटा स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराउन सफल भएकाे छ। कम्पनीले यसअघि एमआई टेन (Mi 10) र एमआई नाेट टेन लाइट (Mi note 10 Lite) स्मार्टफोन लन्च गरेकाे थियाे भने रेडमी नोट नाइन प्रो याे लकडाउनमा लन्च भएकाे शाओमीकाे तेस्रो स्मार्टफोन हो।
डिस्प्ले र पर्फमेन्स
यसमा १०८०×२४०० पिक्सेल रिजोलुशन भएको ६.६७ इन्चको फुल एचडी प्लस (Full HD+) आईपीएस (IPS) डिस्प्ले राखिएको छ। रिफ्रेश रेट ६० हर्ज (60Hz) रहेकाे याे स्मार्टफाेन कर्निंग गोरिल्ला ग्लास ५ प्रोटेक्शनकासहित आएको छ।
त्यस्तै याे स्मार्टफोनमा स्पीड तथा मल्टीटास्किङकाे लागि क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर चीपसेट दिईएको छ र यसले एन्ड्रोइड १० मा आधारित एमआईयूआई ११ (MIUI 11) अपरेटिङ सिस्टममा काम गर्छ।
याे स्मार्टफाेनकाे आस्पेक्ट रेशियो २०:९ रहेकाे छ भने ग्राफिक्सकाे लागि यसमा एड्रेनो ६१८ जीपीयू (Adreno 618 GPU) समावेश गरिएकाे छ। जुन गेमिङ्गकाे लागि निकै उपयोगी मानिन्छ।
क्यामरा
रेडमी नोट ९प्रोमा फोटोग्राफी तथा भिडियाेग्राफीका लागि क्वाड रियर क्यामरा सेटअप रहेकाे छ। जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर, १०९ डिग्री फिल्ड अफ भ्यु (109-degree FOV) सहितकाे ८ मेगापिक्सेल अल्ट्रा-वाइड एंगल लेन्स, ५ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेकाे छ। जसले कुनै पनि बस्तुको तस्विर स्पष्ट, सफा तथा आकर्षक खिच्न सकिने बताइएको छ। याे फाेनबाट फोरके भिडियो रेकर्डिङ्ग, हाइपरल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडमा भिडियो खिच्न सक्दछ ।
यसमा रहेकाे ८ मेगापिक्सेलकाे अल्ट्रा-वाइड एंगल लेन्सले सहजै रुपमा ठूलो तथा स्पष्ट तस्विरहरु लिन सहयाेग गर्दछ। यसका साथै यसमा भएको नाइट मोडले कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो तथा भिडियो खिच्न मद्दत गर्दछ। याे बाहेक सेल्फीकाे लागि यसकाे फ्रन्टमा १६ मेगापिक्सेलको क्यामरा रहेको छ। यसमा एचडिआर (HDR), एआइ (AI) तथा स्लोमो भिडियो रेकर्डिङ्ग फिचर्स रहेकाे छ।
फिंगरप्रिन्ट सेन्सर
याे स्मार्टफाेनमा सेक्यूरीटिकाे लागि साइड माउन्टेड (side-mounted) अर्थात फाेनकाे दाहिने भागमा फिंगरप्रिन्ट सेन्सर दिइएकाे छ। जसकारण यो स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्नेछ।
ब्याट्री
याे स्मार्टफोनमा १८ वाट (18W) काे फास्ट चार्जिङ सिस्टमकाे साथमा ५,०२० एमएएच (5,020mAh) काे झिक्न नमिल्ने (Non-removable) ब्याट्री राखिएको छ। सहजै हातमा लिएर प्रयाेग गर्न सकिने याे स्मार्टफोनकाे डाइमेन्शन १६५.७x ७६.६x८.८ मिलीमीटर र ताैल २०९ ग्राम रहेकाे छ।
स्टोरेज
नेपालमा रेडमी नोट ९प्रो तत्कालका लागि एउटा मात्र भेरिएन्टमा उपलब्ध रहेकाे छ। कम्पनीले यसलाई ६ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टमा लन्च गरेकाे हाे। यसकाे अर्काे भेरिएन्ट (४ जीबी र्याम+६४ जीबी स्टोरेज) भने केहि समय पछि उपलब्ध हुनेछ। याे फाेनकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट ५१२ जीबीसम्म बढान सकिने कम्पनीले बताएकाे छ।
कलर अप्शन
कम्पनीले रेडमी नोट ९प्रो Aurora Blue, Interstellar Black र Glacier white कलर अप्शन्समा उपलब्ध गराएकाे छ।
अन्य फिचर्स
रेडमी नोट ९प्रो मा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, डुअल फाेरजी एलटीई (4G LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई-फाई ८०२.११, डुअल ब्याण्ड, जीपीएस / ए-जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन्।
मूल्य
एउटा मात्र भेरिएन्टमा लन्च गरिएकाे रेडमी नोट ९प्रो काे मूल्य २९ हजार ९ सय ९९ रुपैंया निर्धारण गरिएकाे छ। कम्पनीकाे अनुसार याे स्मार्टफाेन नेपालभरका शाओमी ब्राण्डसप तथा अनलाइन सपिङ साइट दराज र सस्ताेडिलबाट समेत खरिद गर्न सकिने छ।