काठमाडौं– चिनियाँ टप स्मार्टफोन कम्पनी भीभोकाे वाई (Y) सीरीज अन्तर्गतको नयाँ स्मार्टफोन नेपाली बजारमा लन्च भएकाे छ । भीभो ब्राण्डको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी भीभो नेपालले भीभो वाई ३० (vivo Y30) नाम दिइएको मिडरेन्ज स्मार्टफोन बुधबारदेखि नेपाली बजारमा उपलब्ध गराएको हो ।
कम्पनीले गत हप्ता भी सीरीज अन्तर्गतको नयाँ स्मार्टफोन भीभो भी १९ (Vivo V19) लन्च गरेको थियो । भीभो वाई ३० भने यो लकडाउनमा लन्च भएको भीभोको दोस्रो स्मार्टफोन हो । योसँगै अब भीभो वाई ३० को यस अघि लन्च भएको ग्यालक्सी एम २१ (Galaxy M21) र रेडमी नोट ९ प्राे (Redmi Note 9 Pro) सँग प्रतिस्पर्धा हुने भएको छ ।
भीभो वाई ३० को विशेषता:
१.डिस्प्ले र पर्फमेन्स
भीभो वाई ३० मा १५६०×७२० पिक्सेल रिजोलुशन रहेको ६.४७ इन्चको एचडी प्लस एलसीडी (HD+ LCD Display) डिस्प्ले राखिएको छ । एन्ड्रोइड १० मा आधारित यो स्मार्टफोनमा स्पीड तथा मल्टीटास्किङको लागि अक्टा–कोर मीडियाटेक हेलियो पी ३५ (MediaTek Helio P35) प्रोसेसर चिपसेट दिईएको छ र यो फोन रियर माउन्टेड (rear-mounted) फिंगरप्रिन्ट सेन्सरसहित आएको छ ।
२.क्यामरा
फोटोग्राफी तथा भिडियोग्राफीका लागि भीभो वाई ३० मा क्वाड रियर क्यामरा सेटअप रहेको छ । जसमध्ये १३ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । यो बाहेक सेल्फी तथा भिडियो कलिंगका लागि यसको फ्रन्टमा अर्पचर एफ २.०५ सहितको ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
३.स्टोरेज
नेपालमा भीभो वाई ३०, ४ जीबी र्याम+६४ जीबी स्टोरेज र ४ जीबी र्याम+१२८ जीबी स्टोरेज गरि दुई भेरिएन्टमा लन्च भएको छ । यो फोनको स्टोरेज माइक्रो एसडी कार्ड को माध्यमबाट पनि बढान सकिन्छ ।
ब्याट्री
यो स्मार्टफोनमा ५००० एमएएच (5,000mAh) काे Non-removable ब्याट्रीको साथमा १० वाट (10W) को फास्ट चार्जिङ सिस्टम रहेको छ । सहजै एक हातमा लिएर चलाउन सकिने यो स्मार्टफोनको डायमेन्शन १६२×७६.५×९.१ एमएम रहेको छ भने यसको तौल १९७ ग्राम रहेको छ ।
अन्य फिचर्स
भीभो वाई ३० मा कनेक्टिभिटीको लागि यूएसबी टाइप–सी पोर्ट सहित ३.५ एमएम (3.5mm)को हेडफोन ज्याक, फोरजी एलटीई (LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई–फाई ८०२.११, जीपीएस र ए–जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन् ।
कलर अप्शन
कम्पनीले भीभो वाई ३० Emerald Black, Dazzle Blue, Moonstone White गरि तीन कलर अप्शन्समा उपलब्ध गराएको छ ।
मूल्य
नेपाली बजारमा यो स्मार्टफोनको ४ जीबी र्याम+६४ जीबी स्टोरेज भेरिएन्टको मूल्य २४ हजार ९ सय ९९ रुपैँया र ४ जीबी र्याम+१२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीको अनुसार यो स्मार्टफोन नेपालभरका भीभो ब्राण्डसप तथा अनलाइन सपिङ साइटबाट समेत खरिद गर्न सकिने छ ।