आफूमाथि एक युवतीले बलात्कार गरेको आरोप लगाएपछि मोडेल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले ३/४ दिनमा सबै कुराको खुलासा गर्ने बताएका छन्।
नेपाली पब्लिकको सम्पर्कमा आएका पाण्डेले ३/४ दिनमा सबै कुराको खुलासा गर्ने बताएका हुन्। उनले आफू अहिले बाहिर रहेकोले ३/४ दिनमा सबै कुराको खुलासा गर्ने बताएका छन्।
उनले नेपाली पब्लिकसँग भनेका छन्, ‘म अहिले बाहिर छु। ३/४ दिनमा सबै कुरा खोल्छु । घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्छु।’
मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले बुधबार भिडियो सार्वजनिक गरेकी थिइन्।
ती युवतीले भिडियोमा २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एभरेष्ट होटलमा मोडेल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन्।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे प्रहरीले आफैं अनुसन्धान सुरु गरेको नेपाली पब्लिकलाई जानकारी दिएका छन्।