
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ। सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताए। गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास परिषद्को प्रथम बैठकको उद्घाटन गर्दै उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि पनि तीनै तहको समन्वय हुनुको विकल्प नभएको बताए।

कोरोना भाइरसको संक्रमणबाट बहराइनमा पहिलाेपटक मानिसकाे मृत्यु भएकाे छ। त्यहाँको स्वास्थ्यमन्त्रालयले ट्विटरमार्फत यस्ताे जानकारी दिएको हो। स्वास्थ्यमन्त्रालयका अनुसार मृत्यु हुनेमा ६५ वर्षका नागरिक रहेका छन्। उनी अरु विभिन्न रोगबाट पनि ग्रसित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन्। सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइए पनि समस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गरे। नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गरे।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण भारतका चिकित्सहरु आतंकित भएका छन्। भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएका भारतीय मिडियाले जानकारी दिएका छन्। उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सकविरुद्ध कडा कारवाही हुने जनाइएको छ।

हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना (कोभिड १९) बाट संक्रमित भएकी छिन्। ‘क्वान्टम अफ सोलेस’ कि अभिनेत्रीले आफू चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाको शिकार बनेको भन्दै इन्स्टाग्राममा पोस्ट गरेकी थिइन। युक्रेनमा जन्मिएकी अभिनेत्री कर्लेन्को हाल घरमै आइसोलेसनमा छिन्। ‘कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, म एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस्।’ उनले इन्स्टाग्राममा लेखेकी छिन्।

भारतको राजधानी दिल्लीको सिभिल लाइन इलाकामा दुई दाजुभाइबीच गाेली हानाहान हुँदा दुबैकाे मृत्यु भएकाे छ। आपसी झगडाका कारण एक अर्कालाई गोली प्रहार गर्दा दुबै जनाले ज्यान गुमाएका हुन्। रिपोर्टका अनुसार रातको करिब १२ बजे २७ वर्षका तनुज नागर र उनका दाजु ३४ वर्षका राहुल नागरको झगडा भएको थियो।य ही क्रममा तनुजले दाजु राहुललाई आफ्नो पेस्तोलले गोली हानिदिए। राहुलले पनि तनुजलाई गोली हानिदिए।

कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–११ कलुवापुर भएको भण्डारी दम्पत्ति प्रकरणमा संलग्न छोरालाई प्रहरीले सार्वजानिक गरेको छ। गत फाल्गुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी पत्नी धनाको हत्यामा संलग्न २६ बर्षीय छोरा भरत भण्डारीलाई सोमबार डडेल्धुराबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्व्यापी रुप लिएपछि दूतावासले यस्तो निणर्य गरेको हो।अमेरिकी दूतावास नेपालले ट्विटरमार्फत चैत ४ गते (मंगलबार) देखि यो कुरा लागु हुने जानकारी दिएको हो। दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनः सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं।’