
प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत भएको छ। प्रदेशको नाम ‘जानकी’ राख्ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ। मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए।प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। नेकपाको प्रस्तावमा ३७ मत खसेपछि कुन दलका सांसदले नेकपाको प्रस्तावमाथि समर्थन गरे भन्ने खुल्न सकेको छैन। नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्तावमाथि मतदान हुनेछ। कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरेको छ।
विभिन्न देशमा महिलाविरुद्ध हुने अपराधका घटनाहरु रोकिएका छैनन्। विभिन्न ठाउँमा बलात्कार, यौन हिंसा लगायतका घटनाहरु भएका खबरहरु आइरहन्छन्। तर, पछिल्लो समय यस्तो खबर आएको छ जसले मानवताको शीर पनि लज्जाबोधले झुकेको छ। भारतको उत्तर प्रदेशमा आफ्नै आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ परेको खबर भारतीय मिडिया आज तकले प्रकाशित गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन्।दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन्। सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन्। पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाले मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन्।
को
काेरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टाभित्र कोरोना उपचार केन्द्रको रुपमा अस्पताल बनाउने भएको छ।जिल्लामा आवश्यक सुविधासहित आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाउने नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रमले जानकारी दिएका छन्।
श्रीलंकाले कटुनाकेको बन्धरनायकेअन्तर्राष्ट्रिय विमानस्थल (बीआईए) मा सबै देशका लागि भोलिदेखि आगमनमा प्रतिबन्ध लगाएको छ। मार्च ३१ सम्मको लागि आगवानमा रोक लगाएको हो। यद्यपि कार्गो, प्रस्थान र ट्रान्जिट भने जारी राखिने भएको छ।नोवल कोरोनाभाइरस फैलिन नदिने लक्ष्यले श्रीलंकाले यस्तो निर्णय लिएको हो। यो भन्दा अघि जफना अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्ताको लागि बन्द गरिएको छ।
चीनको वुहान शहरबाट विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ। भारतको मुम्बई शहरमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको हो। ६४ वर्षिय मृतक दुबईबाट फर्किएपछि मुम्बईको कस्तूरबा अस्पतालमा भर्ना गरिएको थियो। यसअघि दिल्ली र कर्नाटकमा दुई जना कोरोना बिरामीको पनि मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमित संख्या १३२ पुगेको छ।
अमेरिकी अनुन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरेका छन्। उनीहरुले सोमबार परीक्षणमा सहभागी स्वयंसेवीहरुलाई भ्याक्सिनको पहिलो मात्रा दिए। केसर परमानेन्टे वाशिङटन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरुले ४ जना स्वयंसेवीलाई खोपको पहिलो मात्रा सुइमार्फत दिएको हुन्। ‘हामी अब टिम कोरोनाभाइरस हौं’ केसर परमानेन्टेकी अनुसन्धान टिमकी प्रमुख डा. लिसा ज्याक्सनले भनिन् ‘सबैले यो आकस्मिक अवस्थामा आफूले सकेको गर्न चाहन्छन्।’ परीक्षणमा स्वयंसेवकको रुपमा खोपको पहिलो मात्रा लिएकी ४३ वर्षकी जेनिफर हलरले भनिन् ‘हामी निराश भइसकेका थियौं। मेरो लागि केही गर्न यो अद्भूत अवसर हो।
गत फागुन २ गतेबाट रिलिज भएकाे चलचित्र ‘लभ डायरिज’ अहिले पुन ः रिलिज गरिएकाे छ। चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न नसकेर अहिले पुन : रिलिज गरेकाे हाे। हिजाे साेमबारदेखि कमलपाेखरिमा रहेकाे जय नेपाल हलबाट चलचित्रलाइ पुनः प्रदर्शनमा ल्याइएकाे छ। फागुनमा रिलिज भएकाे फिल्म बक्स अफिसमा भने कमजोर बनेकाे थियाे। कोरोनाको त्रासका कारण हलमा कुनै पनि फिल्म नभएकाेले लभ डायरिजले पुनः रिलिजको मौका पाएको हो।
भारतको जीएसटी परिषदले मोबाइल फोनमा माल एवंम सेवाकर (जीएसटी) दरलाई पहिलेको भन्दा ६ प्रतिशतले बृद्धि गर्ने भएको छ। यसअघि सम्म भारतमा मोबाइल फोनमा १२ प्रतिशतसम्म जीएसटी लिने गरिन्थ्यो। जीएसटी परिषदले अब भने १८ प्रतिशतसम्म बृद्धि गर्ने निर्णय गरेको हो।परिषदको यस कदमसँगै भारतीय बजारमा मोबाइल फोनको मुल्य बढ्न सक्ने आशंका गरिएको छ। परिषदको सो निर्णयलाई इन्डिया सेल्युलर एसोसिएशनले डिजिटल इन्डियाको लागि हानिकारक कदम भएको जनाएको छ।